वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेका छन् ।
राष्ट्र बैंकले कार्तिक १ गते सैद्धान्तिक सहमति प्रदान गरेकाे हाे । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडबीच भदाै १५ गते, मंगलबार गाभिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियाे ।
बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ काे विनियम ६ (१) बमाेजिम भदाै १६ गते, बुधबारबाट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुवै संस्थाकाे काराेबार राेक्का रहेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस