Like us!
Follow us!
Connect us!
Watch us!

शतप्रतिशत हकप्रद प्रस्ताव पारित गर्दै मुक्तिनाथ क्यापिटलको विशेष साधारण सभा सम्पन्न

अर्थ संसार

मंगलबार, २३ कार्तिक २०७८, १३ : ५० मा प्रकाशित

शतप्रतिशत हकप्रद प्रस्ताव पारित गर्दै मुक्तिनाथ क्यापिटलको विशेष साधारण सभा सम्पन्न

मुक्तिनाथ क्यापिटल लिमिटेडको विशेष साधारण सभा आज (कार्तिक २३ गते, मंगलबार) क्यापिटलका अध्यक्ष सीताराम काफ्लेको अध्यक्षतामा सम्पन्न भएको छ । 

कमलादी काठमाडौंमा सम्पन्न भएको विशेष साधारण सभाले प्रस्तावित १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । हकप्रद शेयर निष्काशन गरे पश्चात् क्यापिटलको पुँजी वृद्धि भई रु.४०.५० करोड पुग्नेछ । 

यस मुक्तिनाथ क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी निष्कासन तथा बिक्री प्रबन्ध, सेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन, निक्षेप सदस्य तथा प्रत्याभुतिकर्ता सम्बन्धी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

कम्पनीले यस आर्थिक वर्षदेखि संस्थागत परामर्शदाता अन्तर्गतका सेवाहरु तथा समेत संचालन गर्ने योजना रहेको जनाएको छ । त्यसैगरी यसै आर्थिक बर्ष भित्र मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवद्धक तथा मुक्तिनाथ क्यापिटल योजना ब्यबस्थापक रहने गरी सामुहिक लगानी कोष संचालन गर्ने योजना समेत रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको