Like us!
Follow us!
Connect us!
Watch us!

सरकारी अनुदान र अवैध भारतीय मल कालोबजारी गर्ने पक्राउ

अर्थ संसार

बुधबार, २४ कार्तिक २०७८, १६ : ५८ मा प्रकाशित

सरकारी अनुदान र अवैध भारतीय मल कालोबजारी गर्ने पक्राउ

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले रासायनिक मलको कालोबजारी गर्ने एक व्यापारीलाई पक्राउ गरेको छ ।

कपिलवस्तु नगरपालिका–३ का ४६ वर्षीय रामचन्द्र केवटलाई अवैध मलसहित पक्राउ गरेको हो । केवटको घरबाट बिक्री गर्न राखिएको सरकारी अनुदान र अवैध रूपमा नेपाल भित्रीएका भारतीय रासायनिक मलखाद बरामद गरेको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए । 

केवटबाट चोरीनिकासी गरी ल्याएको भारतीय कम्पनीका ४७ बोरा डीएपी, २८ बोरा यूरिया, पोटास एक किलो तौलका २० प्याकेट मल बरामद भएको छ । यसैगरी, किसानलाई अनुदान दिन ल्याएको ६१ बोरा डीएपी पनि बरामद भएको छ । मलको कालोबजारी भएको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताएका छन् । बरामद मलको मूल्य अन्दाजी दुई लाख ७४ हजार चार सय ५० रुपैयाँ बराबरको छ । बरामद मल खाद र पक्राउ परेका रामचन्द्र केवटलाई कारवाहीको लागि सुठौली भन्सार कार्यालय कपिलवस्तुमा पठाइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको