Like us!
Follow us!
Connect us!
Watch us!

सूर्योदय लघुवित्तको प्रतिसेयर आम्दानी २७ रुपैयाँले बढ्यो, अन्य अवस्था कस्तो ?

अर्थ संसार

विहीबार, २५ कार्तिक २०७८, ०८ : ४२ मा प्रकाशित

सूर्योदय लघुवित्तको प्रतिसेयर आम्दानी २७ रुपैयाँले बढ्यो, अन्य अवस्था कस्तो ?

सूर्योदय लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार संस्थाको नाफा लगायत अन्य प्रमुख वित्तीय सूचकहरू पनि बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले ३ करोड ६ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १५९ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा संस्थाले १ करोड १८ लाख २७ हजार रूपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि २८.९८ प्रतिशतले बढेर ७ करोड ४६ लाख ६८ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ५ करोड ७८ लाख ९२ हजार रूपैयाँ रहेको थियो ।

पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि बढेर १ करोड ५२ लाख ४४ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाको यस्तो मुनाफा  ४७ लाख रूपैयाँमा सिमित थियो ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी २४ करोड ८० लाख रुपैयाँ र जगेडा कोषमा २१ करोड ४१ लाख रुपैयाँ सञ्चित रहेको छ । 

समिक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी ४९ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ३२ पैसा रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी गत आर्थिक बर्षको तुलनामा २७ रुपैयाँ ४१ पैसाले बढेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको