Like us!
Follow us!
Connect us!
Watch us!

माओवादी पहिलो दल बन्ने प्रचण्डकाे दावी

अर्थ संसार

विहीबार, २५ कार्तिक २०७८, १६ : २५ मा प्रकाशित

माओवादी पहिलो दल बन्ने प्रचण्डकाे दावी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले माओवादी फेरी पहिलो पार्टी बन्ने दावी गरेका छन् । डोल्पा सदरमुकाम दुनैमा बिहीबार कार्यकर्ता भेटघाटका क्रममा उनले अब थोरै कसरत गरे आगामी निर्वाचनमा माओवादी केन्द्र पहिलाे पार्टी हुनेमा ढुक्क हुन कार्यकर्तालाई आश्वासन दिए । 

उपल्लो डोल्पा पुगेका अध्यक्ष प्रचण्डले डोल्पामा विकास अपरिहार्य रहेको र त्यो माओबादीले मात्रै बुझेको बताए । शान्त्ति प्रक्रियामा आएलगत्तै  माओवादी पहिलो दल भएको र अब आउने निर्वाचनमा पनि पहिलाे दल बन्ने दावी गरे । उनले अहिलेकाे गठबन्धन सरकारले निर्वाचनमा समेत गठबन्धन गरेर ओली प्रवृत्ति हराउने बताए ।

अर्थ मन्त्री जर्नादन शर्माले डोल्पाको विकासमा आफूले जति पनि बजेट व्वयस्था गने बताए । डोल्पाका जनताका सबै समस्या हल गर्न तयार रहेको र चीनको तिब्बतको क्याटो नाका हुँदै बाँकेको जमुनाहासम्म सडक निर्माण गरी धो मा  सुक्खा बन्दरगाहा निर्माण गर्ने लक्ष्य रहेको उनले बताए । 

अध्यक्ष प्रचण्ड, कर्णाली प्रदेश इन्चार्ज शक्ति बस्नेत, अर्थमन्त्री जर्नादन शर्मा र पूर्व शान्तिमन्त्री सत्य पहाडी  माथिल्लो डोल्पाबाट आज सदरमुकाम दुनै पुगेका हुन् । दुई दिनको डोल्पा भ्रमण सकेर प्रचण्डको टोली आजै काठमाडाैं फर्किएको छ । छार्काताङसोङ  गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङ सहित दुई वडाका अध्यक्ष माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरू नेकपा एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको