Like us!
Follow us!
Connect us!
Watch us!

नेरुडे लघुवित्तको नाफामा ३१६ प्रतिशतको छलाङ, इपिएस कति ?

अर्थ संसार

सोमबार, २९ कार्तिक २०७८, ०८ : ०७ मा प्रकाशित

नेरुडे लघुवित्तको नाफामा ३१६ प्रतिशतको छलाङ, इपिएस कति ?

नेरुडे लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार संस्थाको नाफा लगायत अन्य प्रमुख वित्तीय सूचकहरू पनि बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ३१६ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले १ करोड १४ लाख रूपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ७८.६५ प्रतिशतले बढेर १७ करोड १९ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ९ करोड ६२ लाख रूपैयाँ रहेको थियो ।

पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि बढेरे २३ करोड २१ लाख रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाको यस्तो मुनाफा १८ करोड १३ लाख  रूपैयाँ रहेको थियो ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी ४९ करोड ३८ लाख र जगेडा कोषमा ७१ करोड ०५ लाख रुपैयाँ सञ्चित रहेको छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिको तुलनामा संस्थाको रिजर्भको आकारमा ५१.७९ प्रतिशतले बृद्धि भएको हो । 

समिक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३८ रुपैयाँ ५२ पैसा पुगेको छ । संस्थाको  प्रतिसेयर नेटवर्थ २४३ रुपैयाँ ८६ पैसा रहेको छ ।

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारको छः

6191c4afa5df9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको