Like us!
Follow us!
Connect us!
Watch us!

११ अर्ब ८५ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, आजै बाेलकबाेल

अर्थ संसार

सोमबार, २९ कार्तिक २०७८, १२ : ४५ मा प्रकाशित

११ अर्ब ८५ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, आजै बाेलकबाेल

१४ अर्ब ८१ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, आजै बाेलकबाेल 

नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ करोड ३२ लाख रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सोमबार सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले ऋणपत्र बिक्री गर्न लागेको हो ।

बैंकले ९१ दिनकाे अवधिकाे लागि २ अर्ब २३ कराेड ३२ लाख रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल फागुन १० गते परिपक्क हुनेछ । बैंकले १८२ दिनकाे अवधिकाे लागि १२ अर्ब ४७ कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७९ साल जेठ १० गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ३६४ दिनकाे अवधिकाे लागि ११ कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७९ साल मंसिर ६ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल आज (मंसिर ६ गते, साेमबार) दिउँसो २ बजे बोलकबाेल भएर भाेलि मंसिर ७ गते, मंगलबार बिक्री हुनेछ ।

ट्रेजरी बिल भनेको के हो ?

ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

ट्रेजरी बिलकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ :

6192073cd634f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको