Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा अपि पावरको बाेनस सूचिकृत

नेप्से

सोमबार, २९ कार्तिक २०७८, १३ : ३८ मा प्रकाशित

नेप्सेमा अपि पावरको बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) एक कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ ।

स्टकका अनुसार अपि पावर कम्पनी लिमिटेडकाे १०.५० प्रतिशत बाेनस बापतकाे २६ लाख २१ हजार ५ सय ९४ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

अपि पावर कम्पनी लिमिटेडले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे । उक्त प्रस्तावित लाभांश भाद्र २५ गते, शुक्रबार सम्पन्न भएकाे कम्पनीकाे अठारौँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

सभाले बोनस सेयर वितरणपश्चात् कायम चुक्ता पूँजीको १ बराबर ०.३९३६ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पनि पारित गरेकाे छ । कम्पनीले १:०.३९३६ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा एक अर्ब ८ कराेड ६० लाख रूपैयाँ बराबरकाे १ कराेड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न असाेज २५ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

6192130380973.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको