Like us!
Follow us!
Connect us!
Watch us!

नबिलसँग मर्जरकाे चर्चापछि नेपाल बङ्गलादेश बैंककाे सेयरमूल्यमा सकारात्मक सर्किट

नेप्से

मंगलबार, ३० कार्तिक २०७८, १३ : ५२ मा प्रकाशित

नबिलसँग मर्जरकाे चर्चापछि नेपाल बङ्गलादेश बैंककाे सेयरमूल्यमा सकारात्मक सर्किट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल बङ्गलादेश बैंक लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । बैंककाे सेयरमूल्य १० प्रतिशतले बढेर ३ सय ५८ रूपैयाँ ६० पैसा पुगेकाे छ । 

नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंकबीचको मर्जरको चर्चा चलेपछि बैंककाे सेयरमूल्यमा एकाएक वृद्धि भएकाे हाे । नबिल बैंकका मुख्य संस्थापक लगानीकर्ता विनोद चौधरीले आईएफआईसी बैंकको संस्थापक सेयर खरीद गर्न बाटाे खुलेकाे छ । याे सँगै नबिल बैंक र नेपाल बङ्गलादेश बैंकबीच मर्जर हुन सक्ने चर्चा चलेकाे हाे ।

यसका साथै, नेप्सेमा अपर तामाकाेशी र पञ्चकन्या माइ हाइड्राेपावरकाे सेयरमूल्यमा पनि सकारात्मक सर्किट लागेकाे छ ।

अपर तामाकाेशीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ६ सय ४१ रूपैयाँ ३० पैसा पुगेकाे छ । त्यसैगरी, पञ्चकन्या माइ हाइड्राेपावरकाे सेयरमूल्य १० प्रतिशतले बढेर ३ सय ५३ रूपैयाँ १० पैसा पुगेकाे छ । 

 

6193698744166.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको