Like us!
Follow us!
Connect us!
Watch us!

११०.३२ प्रतिशतले बढ्याे युनिलिभर नेपालको नाफा, प्रतिसेयर आम्दानी १ हजार ७२ रुपैयाँ

अर्थ संसार

मंगलबार, ३० कार्तिक २०७८, १४ : २९ मा प्रकाशित

११०.३२ प्रतिशतले बढ्याे युनिलिभर नेपालको नाफा, प्रतिसेयर आम्दानी १ हजार ७२ रुपैयाँ

युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशन गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफासँगै प्रमुख वित्तीय सूचकहरूमा आकर्षक वृद्धि भएकाे छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले २५ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ११०.३२ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १२ करोड एक लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी पनि १ अर्ब २३ करोड रुपैयाँबाट बढेर १ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । कम्पनीको अन्य स्रोतहरुबाट हुने आम्दानी पनि ८९ लाख रुपैयाँबाट बढेर २ करोड ४ लाख रुपैयाँ पुगेकाे छ ।

त्यसैगरी, कम्पनीको चुक्ता पुँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) एक हजार ७२ रुपैयाँ (वार्षिक) पुगेकाे छ । कम्पनीकाे प्रतिसेयर नेटवर्थ ३ हजार एक सय ४ रूपैयाँ रहेको छ । 

कम्पनीले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

619371c5e300d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको