Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २६ लाख ९५ हजार कित्ता बाेनस सूचिकृत

नेप्से

बुधबार, ०१ मंसिर २०७८, १४ : २५ मा प्रकाशित

नेप्सेमा २६ लाख ९५ हजार कित्ता बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) एउटा कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । 

स्टकका अनुसार अरूण काबेली पावर कम्पनी लिमिटेडकाे १७ प्रतिशत बाेनस बापतकाे २६ लाख ९५ हजार ६ सय ५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे । 

अरुण काबेली पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट १७ प्रतिशत बोनस सेयर र ०. ८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको थियाे । उक्त लाभांश भदौ २६ गते सम्पन्न भएकाे कम्पनीको ११औं वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

सभाले बोनस सेयर वितरणपछि कायम चुक्तापूँजीको १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेकाे छ ।

6194c0e73bd88.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको