Like us!
Follow us!
Connect us!
Watch us!

सम्झौता गर्न आउन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको आग्रह

अर्थ संसार

बुधबार, ०१ मंसिर २०७८, १४ : ४० मा प्रकाशित

सम्झौता गर्न आउन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई सम्झौता गर्न आउन आग्रह गरेकाे छ ।

हालै लागू गरिएको 'नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली, २०७८' को विनियम १२ र विनियम २१ मा भएको व्यवस्था अनुसार राष्ट्र बैंकबाट सञ्चालन गरिने खुला बजार कारोबार तथा ब्याजदर कोरिडोर अन्तर्गतका रिपो, रिभर्स रिपो एवम् ओभरनाईट रिपोमा सहभागी हुने बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकसँग माष्टर रिपर्चेज एग्रीमेण्ट गर्नुपर्ने (यस अघि सम्झौता गरिसकेका संस्थाले समेत पुनः गर्नुपर्ने) तथा स्थायी तरलता सुविधा उपयोग गर्न चाहने बैंक तथा वित्तीय संस्थाले यस बैंकसँग सुरक्षणपत्र धितो कारोबारसम्बन्धी सम्झौता गर्नुपर्ने भएकाले बैंकले 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई सम्झौता गर्न आउन आग्रह गरेकाे हाे ।

राष्ट्र बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6194c53e46e73.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको