Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले ३० कराेड मुद्दती निक्षेपमा लगानी गर्ने

अर्थ संसार

बुधबार, ०१ मंसिर २०७८, १६ : १३ मा प्रकाशित

राष्ट्र बैंकले ३० कराेड मुद्दती निक्षेपमा लगानी गर्ने

नेपाल राष्ट्र बैंक लिमिटेडले ३० कराेड रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ ।

बैंकले बैंककाे उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम ३६६ दिनका लागि (२०७८ साल मंसिर ७ गतेदेखि २०७९ साल मंसिर ७ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएकाे छ । 

बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २४ कराेड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ४ करोड ५० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा एक करोड ५० लाख रुपैयाँ गरी कूल ३० कराेड रुपैयाँ लगानी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले मंसिर ५ गते बिहान १० बजेदेखि मंसिर ५ गते दिउँसाे २ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

मुद्दती निक्षेपकाे बारेमा सम्पूर्ण विवरण यस प्रकारकाे छ :

6194d9f20b5f0.jpg 6194d9fb87891.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको