Like us!
Follow us!
Connect us!
Watch us!

बैंकर्स संघले दियो मौद्रिक नीतिको समिक्षाको लागि सुझाव, लगानी सीमामा केही लचकता अपनाउन आग्रह

अर्थ संसार

बुधबार, ०१ मंसिर २०७८, १६ : २६ मा प्रकाशित

बैंकर्स संघले दियो मौद्रिक नीतिको समिक्षाको लागि सुझाव, लगानी सीमामा केही लचकता अपनाउन आग्रह

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकलाई आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति (प्रथम त्रैमासिक) समीक्षाका लागि विभिन्न ८ बुँदे सुझाव दिएकाे छ । संघका नवनियुक्त अध्यक्ष उपाध्यायसहितका पदाधिकारी र गभर्नर महाप्रसाद अधिकारीबीच भेटमा संघले सुझाव पेश गरेकाे हाे ।

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकलाई बुझाएकाे ८ बुँदे सुझाव यस प्रकारकाे छ :

१. पछिल्लो समय देखिएको तरलताको चापलाई मध्यनजर गर्दै CD Ratio, Liquidity Ratio, CRR  लगायतका विषयमा केही लचकता अपनाउने ।

२. ब्याजदर अन्तर, सेवा शुल्क तथा आधार दरका व्यवस्थाहरु तथा सुत्र/विधि पुनरावलोकन गर्ने ।

३. निर्देशित क्षेत्रमा लगानी गर्नुपर्ने सीमामा केही लचकता अपनाउने । 

४. SME Bond लगायत Convertible Debenture, Perpetual Debenture आदि जस्ता वित्तीय उपकरणहरु जारी गर्न उचित व्यवस्था गर्ने । 

५. पुनरकर्जामा प्रदान गरिने ब्याजदर अन्तर पुनरावलोकन गर्ने । 

६. भारतीय बैंकमा रहेको निक्षेपमा ब्याज प्राप्त हुने गरी लगानी गर्न सकिने व्यवस्था गर्ने । 

७. Digital banking लाई प्रोत्साहन गर्न Fintech कम्पनीलाई सहायक कम्पनीको रुपमा स्थापनाको लागि उचित नीतिगत व्यवस्था गर्ने ।

८. बैंकहरुले वित्तीय साक्षरता लगायत बैंकिङ्ग प्रवद्र्धन कार्य गर्नका निमित्त आर्थिक सहयोग प्रदान गरेमा सो खर्च बैंकहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत समावेश गराउन पाउने व्यवस्था गर्ने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको