Like us!
Follow us!
Connect us!
Watch us!

बाढीको क्षतिले युनाईटेड मोदी घाटामाः ७ करोडको इन्स्योरेन्स दाबी, यस्तो छ प्राविधिक प्रक्षेपण

अर्थ संसार

विहीबार, ०२ मंसिर २०७८, १४ : ०८ मा प्रकाशित

बाढीको क्षतिले युनाईटेड मोदी घाटामाः ७ करोडको इन्स्योरेन्स दाबी, यस्तो छ प्राविधिक प्रक्षेपण

नेप्सेमा सुचिकृत भएका हाइड्रोपावर कम्पनिहरुमध्ये नेपाल स्टक एक्सचेन्जले ‘A’ वर्गीकरणमा राखेको,  राम्रो सुशासन कायम भएको र लगानीकर्तालाइ नियमित लाभांश वितरण गरिरहेको युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड (UMHL) को आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक विवरणमा प्रति शेयर आम्दानी ऋणात्मक देखिएको छ ।  

अघिल्लो वर्षको पहिलो त्रैमासमा कुल मुनाफा ८ करोड ५७ लाखको हाराहारीमा रहेकोमा यो वर्षको पहिलो त्रैमासमा सो कुल मुनाफा ३ करोड ८१ लाख हाराहारीमा सिमिति भएको छ । २०७८ भाद्र १७ गते आएको अविरल वर्षाका कारण तल्लो मोदी हाइड्रोपावर (१० मेगावाट ) मा क्षति भइ विधुत उत्पादन   बन्द भएको र प्रसारण लाइनमा समेत क्षति हुन गइ विधुत प्रसारण हुन नसकेका कारण यो त्रैमासमा विधुत विक्रीबाट हुने आम्दानीमा अघिल्लो बर्षको पहिलो त्रैमासको तुलनामा करिब ५ करोडले कमी हुन गइ यो त्रैमासको प्रति शेयर आम्दानी ऋणात्मक १ रुपैया ६० पैसा कायम हुन गएको हो । 

यसबारे हामीले कम्पनीमा बुझ्दा कम्पनीको संरचनामा भएको क्षति र लस अन प्रफ़िटमा भएको क्षति समेत गरि करिब ७ करोड रूपैयाँ हिमालयन जनरल इन्स्योरेन्समा दाबी गरिएको कम्पनीले जनाएको छ।  

हिमालयन जेनेरल इन्स्योरेन्समा यस बारेमा बुझ्दा कागजपत्र प्राप्त भएको, यस बारेमा काम भइरहेको र यथासिघ्र दाबि क्षतिपूर्ति रकम कम्पनीलाई प्रदान गरिने बताएकाे हाे । 

२०७८ कार्तिक ८ गतेदेखि नै नियमित उत्पादन सुरु भइसकेको र प्रसारण लाइनको समस्या पनि समाधान भैसकेको हुदाँ आगामी त्रैमासको रिपोर्टमा बिमा कम्पनिबाट प्राप्त हुने बिमा दाबी बापतको रकम समेत जोडीने हुँदा आकर्षक वित्तिय विवरण सार्वजनिक हुने अनुमान गर्न सकिन्छ ।  

प्राविधिक रुपमा हेर्दा के देखिन्छ ? 

१. विगत केहि दिनदेखि UMHL को सेयर मूल्य ४६० देखि ४९० को रेञ्जमा घुमिरहेको छ। लगानिकर्ताले विशेष ध्यान दिनुपर्ने दुइ विन्दुहरू भनेका ४९५ र ४५५ हुन्।  ४९५ लाइ भोलुम सहित क्रस गरेको अवस्थामा ठुलो मुभ आउन सक्ने सम्भावना रहेको छ भने ४५५ लाइ ठुलो भोलुम सहित ब्रेक गरेको अवस्थामा मूल्य अझै तल झरेर जान सक्ने सम्भावना रहन्छ।  

२. राम्रो भोलुम सहित ४९५ को बिन्दुलाई क्रस गरेको खण्डमा पहिलो टार्गेट ५४० को हुनेछ भने ५४० को बिन्दुलाई पनि ब्रेक गरेको अवस्थामा अर्को टार्गेट ६४० को हुनेछ।  ठुलो भोलुम सहित ४५५ भन्दा तल क्लोजिंग दिएको अवस्थामा ४०० को हाराहारीमा बलियो सपोर्ट लिन सक्ने देखिन्छ।    

प्राविधिक रुपमा हेर्दा यस्तो छ कम्पनीको अवस्थाः

  

619611ce1adbd.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको