Like us!
Follow us!
Connect us!
Watch us!

मेला हेर्न गएकी महिलाकाे बलात्कारपछि हत्या

अर्थ संसार

शुक्रबार, ०३ मंसिर २०७८, १२ : ५३ मा प्रकाशित

मेला हेर्न गएकी महिलाकाे बलात्कारपछि हत्या

महोत्तरीमा झन्डा मेला हेर्न गएकी एक महिलाकाे बलात्कारपछि हत्या भएकाे तथ्य खुलेकाे छ । 

गत १३ असोजमा झन्डा मेला हेर्न गएकी भंगहा-२ बखरी टोलकी  ३५ वर्षीया अमृता सदाकाे बलात्कारपछि हत्या भएकाे खुलेकाे हाे ।

प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सदाको हत्यामा संलग्न रहेकाे आराेपमा समातिएका दुईजनालाई सार्वजनिक गरेको हाे । बलात्कारपछि हत्या घटनामा महोत्तरीको भंगहा नगरपालिका-५ सीतापुर बस्ने २४ वर्षीय विपीन मण्डल र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पर्सा पकडिया बस्ने ४२ वर्षीय मनोज यादव संलग्नता रहेकाे जिल्ला प्रहरी प्रमुख दिनेश आचार्यले जानकारी दिए ।

उनीहरूले अमृतलाई मेला हेर्न जाउँ भनी झुक्याएर साँझ ९ बजे गाउँ नजिकैको चौरीमा पुर्‍याएर पालैपालो बलात्कार गरेको र बेहोस भएपछि हत्या गरेको अभियुक्तहरूले स्वीकार गरेको आचार्यले बताए ।

प्रहरीका अनुसार १ मंसिरमा विपीनलाई उनकै गाउँबाट र मनोजलाई सिरहाको मिर्चैया नगरपालिका-५ पक्राउ गरिएको हो  । उनीहरूमाथि जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको