Like us!
Follow us!
Connect us!
Watch us!

बजारको विकासका लागि सेयर कर्जाको सिमा हटाइनुपर्छः राधा पोख्रेल

अर्थ संसार

शुक्रबार, ०३ मंसिर २०७८, १३ : ३१ मा प्रकाशित

बजारको विकासका लागि सेयर कर्जाको सिमा हटाइनुपर्छः राधा पोख्रेल

नेपाल राष्ट्र बैंकले सेयर कर्जामा लगाएको सिमाकै कारण बजारमा नकारात्मक माहोल र्सिजना भएको हुनाले अबको मौद्रिक नीतिको पहिलो समिक्षामा यसको पुनरावलोकन नभएसम्म बजारमा सकारात्मक माहोल नबन्ने बताउँछिन् नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष, राधा पोख्रेल ।

अर्थ संसारसँगको कुराकानीमा पोख्रलेलले भनिन् “अहिले बजारमा राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समिक्षामा नै सेयर कर्जामा लगाएको सिमामा केही परिवर्तन गर्दैछ भन्ने हल्ला सुनिएको छ । केही समय अघिको भेटमा अर्थमन्त्री ज्यूले पनि यो कुरा तत्कालै परिवर्तन गर्ने कुरा त होईन समय आएपछि परिमार्जन गरौँला भन्ने आश्वास पनि दिनुभएको थियो सायद अब यो परिवर्तन हुन्छ पनि होला । तर हाम्रो माग भनेको सकेसम्म सेयर कर्जामा लगाएको सिमा पुर्ण रुपमा खारेज नै हुनुपर्छ भन्ने हो।"

बजार घट्नु र बढ्नु भनेको प्राकृतिक कुरा नै हो तर बजारलाई कसैले पनि अप्राकृतिक ढंगले बढाइन वा घटाइन हुँदैन भन्ने मान्यता हाम्रो हो त्यसैले जहिले पनि लगानीकर्ताहरुले सेयरमा लगानी गर्दा नेप्सेमा कम्पनीको सर्किट भन्दा पनि कम्पनीको वित्तिय विवरण र कम्पनीको लाभांशको इतिहासलाई मात्र हेरेर लगानी गर्न सकेमा बजार घट्दा पनि लगानीकर्ताहरु प्यानिक हुने अवस्था सिर्जना नहुने उनको तर्क छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको