ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।
संस्थाको मंसिर ३ गते, (बिहीबार) बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको नवौँ वार्षिक साधारण सभा मंसिर २८ गते, मंगलबार पोखरा ग्राण्ड , पोखरा , कास्कीमा बिहान १० बजेबाट सुरू हुनेछ ।
सभामा संस्थाको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
त्यसैगरी, संस्थाले सभा प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते बुक क्लोज गर्ने भएको छ । । त्यसैले, मंसिर १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
संसथाले प्रकाशन गरेको सूचना यस प्रकारको छः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस