साताको सेयर कारोबार हुने दोस्रो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.०३ अंकले घटेर २६०९.६६ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा ३३ कम्पनीको सेयर मूल्य घटेको छ भने १५ कम्पनीको सेयर मूल्य यो सेसनमा बढेको छ । त्यस्तै यो सेसनमा आज ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ०.०९ अंकले बढेर ४४८.३४ विन्दुमा पुगेको छ ।
आजको प्रि ओपन सेसनमा ५२ कम्पनीका २१ हजार ४८० कित्ता सेयर ८२ पटक कारोबार हुँदा ७७ लाख ९० हजार १८४ रुपैयाँको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस