नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ करोड ३२ लाख रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सोमबार सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले ऋणपत्र बिक्री गर्न लागेको हो ।
बैंकले ९१ दिनकाे अवधिकाे लागि २ अर्ब २३ कराेड ३२ लाख रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल फागुन १० गते परिपक्क हुनेछ । बैंकले १८२ दिनकाे अवधिकाे लागि १२ अर्ब ४७ कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७९ साल जेठ १० गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ३६४ दिनकाे अवधिकाे लागि ११ कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७९ साल मंसिर ६ गते परिपक्क हुनेछ ।
राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल आज (मंसिर ६ गते, साेमबार) दिउँसो २ बजे बोलकबाेल भएर भाेलि मंसिर ७ गते, मंगलबार बिक्री हुनेछ ।
ट्रेजरी बिल भनेको के हो ?
ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस