Like us!
Follow us!
Connect us!
Watch us!

मेट्रो अनलाइन ट्याक्सीद्धारा ट्याक्सी चालकहरुको लागि निशुल्क दन्त शिविर

अर्थ संसार

सोमबार, ०६ मंसिर २०७८, १२ : ०४ मा प्रकाशित

मेट्रो अनलाइन ट्याक्सीद्धारा ट्याक्सी चालकहरुको लागि निशुल्क दन्त शिविर

ट्याक्सी चालकहरुको स्वास्थ्य सुविधामा ध्यान राख्दै मेट्रो अनलाइन ट्याक्सीले ललितपुरको जावलाखेलमा नि:शुल्क दन्त शिविरको आयोजना गरेको छ ।

कम्पनीले हाम्रो डेन्टल क्लिनिकको सहयोगमा शनिबार दन्त शिविर आयोजना गरेको हो । सो दन्त शिविरमा १०० भन्दा धेरै ट्याक्सी चालकहरुको दन्त परिक्षण गरिएको थियो । मेट्रो अनलाइन ट्याक्सीले आफ्नो एपमा आवद्ध भएका चालकहरुलाई सुविधा दिने उद्धेश्यले विभिन्न सामाजिक कार्यहरु गर्दै आएकोमा हाल दन्त शिविर सञ्चालन गरेको हो ।

मेट्रो अनलाइन ट्याक्सीका बजार व्यवस्थापन प्रमुख सुर्य तामाङ्गले पहिलो पटक दन्त शिविर सञ्चालन गरिएको जानकारी दिँदै यसलाई आगामी दिनमा मासिक रुपमा  उपत्यकाभर शिविर सञ्चालन गरिने जानकारी दिएका छन् ।

सो शिविरमा चालकहरुलाई दन्त सुरक्षाको बारेमा परामर्श दिनुका साथै आवश्यक सामग्रीहरु समेत निशुल्क प्रदान गरिएको थियो। शिविर सञ्चालन हाम्रो डेन्टल क्लिनिकका सञ्चालक डा.सरोज घिमिरेको नेतृत्वमा ६ जना स्वास्थ्य प्राविधिकहरुले परीक्षण तथा सेवा प्रदान गरेका थिए।

मेट्रो अनलाइन ट्याक्सीले न्यूनतम ९९ रुपैयाँमा नै ट्याक्सी सेवा प्रदान गरिरहेको छ । यसको लागि गुगल प्ले स्टोरमा मेट्रो अनलाइन ट्याक्सी एप उपलब्ध रहेको छ ।

यस मेट्रो अनलाइन ट्याक्सीमा ५ हजार भन्दा धेरै ट्याक्सीहरु समावेश छन् जसले यसलाई नेपालको सबैभन्दा ठूलो ट्याक्सी नेटवर्क बनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको