गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश नेपाल राष्ट्र बैंक लिमिटेडले स्वीकृत गरेकाे छ ।
संस्थाकाे कार्तिक १० गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।साेही लाभांश राष्ट्र बैंकले स्वीकृत गरेकाे हाे ।
अब उक्त प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस