Like us!
Follow us!
Connect us!
Watch us!

एक अर्बले घट्याे निक्षेप संकलन, सीडी रेसियो कति ?

अर्थ संसार

बुधबार, ०८ मंसिर २०७८, १३ : ५६ मा प्रकाशित

एक अर्बले घट्याे निक्षेप संकलन, सीडी रेसियो कति ?

२ दिनकाे अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन घटेकाे छ । बैंकहरूकाे कर्जा लगानी भने बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलन घट्दा कर्जा लगानी बढेको हाे ।

मंसिर ६ गतेसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । बैंकहरूकाे निक्षेप एक अर्बले घटेकाे हाे । मंसिर ४ गतेसम्म वाणिज्य बैंकहरूले ४२ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । 

त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी भने बढेको छ ।  बैंकहरुको कर्जा लगानी ४ अर्ब रुपैयाँले बढेर ४० खर्ब ४८ अर्ब रुपैयाँ पुगेकाे छ । मंसिर ४ गतेसम्म वाणिज्य बैंकहरूले ४० खर्ब ४४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । 

बैंकहरूकाे निक्षेप घट्दा सीडी रेसियो बढेकाे छ । मंसिर ४ गते औसतमा ९०.१८ प्रतिशत रहेको सीडी रेसियो मंसिर ६ गतेसम्ममा बढेर ९०.३१ प्रतिशत पुगको छ। 

619df4495e2f6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको