चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीले बीमालेख धितो राखेर बीमितहरूलाई ९५ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्। जुन गत आवको सोही अवधिको तुलनामा ६.६२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीहरूले ८९ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका थिए।
सबैभन्दा बढी कर्जा प्रवाह गर्नेमा नेपाल लाइफ
दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार सबैभन्दा बढी बीमालेख धितो राखेर कर्जा प्रवाह गर्नेमा नेपाल लाइफ अगाडी दखिएको छ ।
नेपाल लाइफ यो अवधिमा ३५ अर्ब २४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
अन्य कुन कम्पनीको कति ?
यो अवधिमा एलआईसी नेपालले २१ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। नेशनल लाइफले ११ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
यस्तै,हिमालयन लाइफले ७ अर्ब ३८ करोड रुपैयाँ, एशियन लाइफले ५ अर्ब १ करोड रुपैयाँ, सूर्यज्योति लाइफले ४ अर्ब ४४ करोड रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले २ अर्ब ६७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। मेट अमेरिकन लाइफले १ अर्ब ८१ करोड रुपैयाँ, सानिमा रिलायन्सले १ अर्ब ३६ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब १३ करोड रुपैयाँ, सिटिजन लाइफले ९१ करोड रुपैयाँ, आइएमई लाइफले ८१ करोड रुपैयाँ, सन नेपाल लाइफले ६५ करोड रुपैयाँ र रिलायबल नेपाल लाइफले ४६ करोड रुपैयाँ बीमालेख धितो राखेर कर्जा प्रवाह गरेका छन्।
वृद्धिदरको आधारमा को अगाडी ?
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा आइएमई लाइफको कर्जा प्रवाह ३७.६० प्रतिशतले वृद्धि भएको छ।
त्यस्तै यो अवधिमा सिटिजन लाइफको कर्जा प्रवाह ३१.८९ प्रतिशतले वृद्धि भएको छ।
रिलायबल नेपाल लाइफको २९.७६ प्रतिशत, सन नेपाल लाइफको २५.०६ प्रतिशत, सानिमा रिलायन्स लाइफको २२.०२ प्रतिशत, सूर्यज्योति लाइफको २१.९८ प्रतिशत र हिमालयन लाइफको १८.२१ प्रतिशतले वृद्धि भएको छ। प्रभु महालक्ष्मी लाइफको १६.६९ प्रतिशत, मेट अमेरिकन लाइफको ८.६२ प्रतिशत, नेपाल लाइफको ७.५९ प्रतिशत, एशियन लाइफको ४.९१ प्रतिशत, नेशनल लाइफको २.९८ प्रतिशतले बढेको छ।
एलआईसी नेपाल र राष्ट्रिय जीवन बीमा कम्पनीको यस्तो कर्जा भने यो अवधिमा घटेको छ। दोस्रो त्रैमाससम्मको अवधिमा एलआईसी नेपालको ०.४१ प्रतिशत र राष्ट्रिय जीवन बीमा कम्पनीको ७.५९ प्रतिशतले घटेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस