Like us!
Follow us!
Connect us!
Watch us!

२५३ अर्बले बढ्यो बैङ्क तथा वित्तीय संस्थाहरूको निक्षेप, ६० प्रतिशत रकम मुद्दती निक्षेपमा

अर्थ संसार

बुधबार, ०८ चैत्र २०७९, ०६ : ४३ मा प्रकाशित

२५३ अर्बले बढ्यो बैङ्क तथा वित्तीय संस्थाहरूको निक्षेप, ६० प्रतिशत रकम मुद्दती निक्षेपमा

चालु आर्थिक वर्षको पहिलो सात महिनामा बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २५३ अर्ब ९७ करोड रुपियाँ (५.० प्रतिशत)ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १६७ अर्ब ३४ करोड रुपियाँ (३.६ प्रतिशत)ले बढेको थियो ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको विवरणअनुसार वार्षिक विन्दुगत आधारमा २०७९ माघ मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १०.५ प्रतिशतले बढेको छ । २०७९ माघ मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.८ प्रतिशत, २५.८ प्रतिशत र ६०.१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.३ प्रतिशत, ३०.१ प्रतिशत र ५४.७ प्रतिशत रहेको थियो ।

चालु आर्थिक वर्षको माघ मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.६ प्रतिशत रहेको छ । २०७८ माघ मसान्तमा यस्तो निक्षेपको अंश ३८.८ प्रतिशत रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको