Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिनमा निक्षेप ५ अर्बले बढ्दा अन्तर बैंक ब्याजदर ६.६६% मा झर्याे

अर्थ संसार

बुधबार, २४ जेठ २०८०, १२ : ५६ मा प्रकाशित

एकैदिनमा निक्षेप ५ अर्बले बढ्दा अन्तर बैंक ब्याजदर ६.६६% मा झर्याे

तरलतामा सुधारकाे संकेत देखिएकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे तथ्याङ्क अनुसार अन्तर बैंक ब्याजदर ६.६६ प्रतिशतमा झर्दा सीडी रेसियो पनि घटेकाे छ ।

नेपाल राष्ट्र बैंकका अनुसार जेठ २२ गते साेमबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५५ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप रहेको छ । जेठ २१ गते, आइतबारसम्म बैंकहरूकाे निक्षेप ५५ खर्ब २५ अर्ब रूपैयाँ रहेकाे थियाे । एक दिनमा बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप ५ अर्बले बढेकाे हाे । यसै अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि ४ अर्बले बढेर ४८ खर्ब ८० अर्ब पुगेकाे छ ।

वाणिज्य बैंकहरूको कर्जा लगानी पनि बढेर ४२ खर्ब ९९ अर्ब रूपैयाँ पुगेकाे छ । बैंक तथा वित्तीय संस्थाहरूकाे कुल कर्जा प्रवाह ४८ खर्ब ५४ अर्ब रूपैयाँ छ ।

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८४.५२ प्रतिशतबाट घटेर ८४.४९ प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ । अन्तर बैंक ब्याजदर ६.७५ प्रतिशतबाट ६.६६ प्रतिशतमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको