Like us!
Follow us!
Connect us!
Watch us!

३ अर्बले बढ्यो निक्षेप, सिडी रेसियो कति छ ?

अर्थ संसार

बुधबार, ०६ पुस २०७९, १२ : ५४ मा प्रकाशित

३ अर्बले बढ्यो निक्षेप, सिडी रेसियो कति छ ?

बैंकहरूकाे निक्षेप संकलन ३ अर्बले बढेकाे छ ।  

नेपाल राष्ट्र बैंकका अनुसार पाैष ४ गते साेमबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५२ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । पाैष ३ गते, आइतबारसम्म बैंकहरूकाे निक्षेप ५२ खर्ब ५४ अर्ब रूपैयाँ रहेकाे थियाे । एक दिनमा बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप ३ अर्बले बढेकाे हाे । यसै अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि ३ अर्बले बढेर ४६ खर्ब ३२ अर्ब पुगेकाे छ ।

वाणिज्य बैंकहरूको कर्जा लगानी पनि एक अर्बले बढेर ४२ खर्ब १४ अर्ब रूपैयाँ पुगेकाे छ । बैंक तथा वित्तीय संस्थाहरूकाे कुल कर्जा प्रवाह ४७ खर्ब ६० अर्ब पुगेकाे छ ।

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८५.८६ प्रतिशतबाट बढेर ८५.९३ प्रतिशत पुगेकाे राष्ट्र बैंकले जनाएको छ । 

63a2b2bc02b39.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको