Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया क्यापिटलको इन्कम ग्यारेन्टेड फण्ड सार्वजनिक, वार्षिक १०.२५ प्रतिफल

अर्थ संसार

बुधबार, ०८ मंसिर २०७८, १४ : ११ मा प्रकाशित

एनआईसी एशिया क्यापिटलको इन्कम ग्यारेन्टेड फण्ड सार्वजनिक, वार्षिक १०.२५ प्रतिफल

एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन सेवा (Portfolio Management Service-PMS) अन्तर्गत उच्च प्रतिफल सहितको Income Guaranteed Fund नामक लगानी व्यवस्थापन योजना सञ्चालन गरेको छ । विशेष गरी यो योजना नियमित आय आवश्यक पर्ने, जोखिम लिन नचाहने, अवकाश प्राप्त, गृहणी लगायतका लगानीकर्ताहरुलाई मध्यनजर गर्दै सञ्चालनमा ल्याइएको हो । 

यस योजना अन्तर्गत लगानीकर्ताहरुले वार्षिक १०.२५ प्रतिशत निश्चित प्रतिफल प्राप्त गर्नेछन् । क्यापिटलले धितोपत्र बजार तथा मुद्रा बजारको समग्र अवस्थाको राम्रोसँग अध्ययन अनुसन्धान गरेर मात्र यस प्रकारको योजनाहरु सञ्चालन गर्ने गरेको छ ।

उक्त योजनामा सहभागी हुनको लागि न्युनतम १० लाख रूपैयाँ लगानीबाट सुरु गर्न सकिनेछ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको