Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया डाईनामिक डेप्ट फण्डकाे लाभांश पुन: लगानी गर्न सकिने

अर्थ संसार

बुधबार, २३ कार्तिक २०७९, ११ : ०० मा प्रकाशित

एनआईसी एशिया डाईनामिक डेप्ट फण्डकाे लाभांश पुन: लगानी गर्न सकिने

एनआईसी एशिया क्यापिटल लिमिटेडले एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित पहिलाे खुल्लामुखी योजना ”एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड“ मा इकाईधनीहरुलाई लाभांश पुनःलगानी योजना (Dividend Re-investment Plan) मा सहभागी हुन सकिने भएकाे छ ।

क्यापिटलले आर्थिक वर्ष २०७८/७९ का लागि इकाईधनीहरुलाई करसहित ६ प्रतिशत प्रतिफल वितरण गर्ने घाेषणा गरेकाे थियाे । उक्त प्रतिफल वितरण गर्नका लागि कार्तिक १५ गते बुकक्लाेज गरिसकिएकाे छ ।

दर्ता किताब बन्द हुने (Book Close) मितिका दिनसम्म कायम इकाईधनीहरूले कार्तिक ३० गतेभित्र पुनःलगानी योजनाका लागि आवेदन दिन सक्नेछन् । पुनःलगानी योजनामा सहभागी हुन नचाहने इकाईधनीहरूको लाभांश भने कार्तिक ३० गतेपश्चात् सम्बन्धित इकाईधनीहरूको बैंक खातामा जम्मा गरिनेछ ।

सूचना हेर्नुहाेस् :

636b3852de795.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको