Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया क्यापिटलले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने, बाेर्डबाट पायाे अनुमति

अर्थ संसार

बुधबार, ०४ जेठ २०७९, १४ : २२ मा प्रकाशित

एनआईसी एशिया क्यापिटलले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने, बाेर्डबाट पायाे अनुमति

एनआईसी एशिया क्यापिटल लिमिटेडले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने भएकाे छ । क्यापिटलले "एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड" नामक म्युचुअल फण्ड निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएकाे छ ।

क्यापिटलले प्रतिइकाई मूल्य १० रुपैयाँ दरको १० करोड इकाई निष्कासन गर्न सेबाेनबाट अनुमति पाए हाे । याे बन्दमुखी योजना हो । 

याे क्यापिटलकाे पाँचौ योजना हाे । यसअघि नै कम्पनीले  एनआईसी एशिया ब्यालेन्स फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया डाइनामिक डेब्ट फण्ड र एनआईसी एशिया सेलेक्ट ३० फण्ड सञ्चालन गरिसकेकाे छ । 

6284b27de131c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको