Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्टको प्राविधिक अन्तरक्रिया तथा बीमा कार्यक्रम सम्पन्न

अर्थ संसार

बुधबार, ०८ मंसिर २०७८, १६ : ०५ मा प्रकाशित

शिवम् सिमेन्टको प्राविधिक अन्तरक्रिया तथा बीमा कार्यक्रम सम्पन्न

शिवम् सिमेन्टले आबुखैरेनी, मुग्लिङ, डुम्रे, दमौली र गोरखाका २६० जना निर्माण कर्मीहरुसँग परामर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो अन्तरक्रिया कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै हरेक सहभागी निर्माणकर्मीहरुको लागि ५ लाख रूपैयाँ बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी सोही कार्यक्रम मार्फत हस्तान्तरण गरेको थियो ।

दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरु हरेक दिन जोखिमपुर्ण कार्यहरु गर्दै आईरहेका हुन्छन उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हो । देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकमीहरु को लागि रु ५ लाख बराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको थियो ।

चरणवद्ध रुपमा देशका विभिन्न स्थानहरुमा नियमित अन्र्तक्रिया तथा बीमा कार्यक्रम गर्दै आईरहेको शिवमले हाल आबुखैरेनी, मुग्लिङ, गोरखा, दमौली र डुम्रेका २६० निर्माणकर्मीहरु संग परामर्श तथा बीमा कार्यक्रम सम्पन्न गरेको हो ।

पहिलो चरण अन्तर्गत भाद्र तथा असोज महिनामा काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्ला लगायतका विभिन्न १६ स्थानमा १ हजार भन्दा बढी निर्माणकर्मीहरुसँग प्राविधिक अन्तक्रिया गरी उनीहरुको जोखिम बीमा गराई सकेको कम्पनी प्रतिनिधीले बताएका छन् ।

उक्त अन्तक्रिया कार्यक्रममा दक्ष एवम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहु आईपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराईएको थियो । उक्त कार्यक्रममा सम्बन्धित क्षेत्रका शिवम् सिमेन्टका वितरकहरु, उद्योगी, व्यवसायी लगायतका उपस्थिति रहेको थियो ।

शिवम् सिमेन्टले आगामी दिनहरुमा समेत शिवम् सिमेन्टका विक्रेताहरु संगको समन्वयमा यस अन्तक्रिया तथा निशुल्क बीमा कार्यक्रम  निरन्तर सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।

यो सँगै शिवम् सिमेन्टले निरन्तर रुपमा बिक्री पछिको निःशुल्क प्राविधिक सेवा समेत दिँदै आइरहेको छ । 

619e2152c1003.jpg 619e2152e452f.jpg 619e215342b8c.jpg 619e215364547.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको