Like us!
Follow us!
Connect us!
Watch us!

एमसीसी देशका लागि आवश्यक, यसलाई स्वागत गर्नुपर्छः शेखर गोल्छा

अर्थ संसार

बुधबार, ०८ मंसिर २०७८, १६ : १८ मा प्रकाशित

एमसीसी देशका लागि आवश्यक, यसलाई स्वागत गर्नुपर्छः शेखर गोल्छा

बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले राजधानीमा आयोजना गरेको कार्यक्रममा बाल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले एमसीसी देशका लागि आवश्यक रहेको भन्दै यसलाई सबैले स्वागत गर्नुपर्ने बताएकाछन् । 

जब ब्याजदर ४–५ प्रतिशत माथि पुग्छ तब बैंकहरुमा पैसा सुक्छ । तरलता समस्याको कुरा गर्नुपर्दा विदेशी लगानीलाई ल्याउन सकिएको छैन । नीतिगत समस्याका कारण रोकिएको अवस्था छ । एमसीसी देशकालागि आवश्यक छ । यसले विकासमा भाइटल रोल खेल्नसक्छ । त्यसैले यसलाई रोक्न हुन्न स्वागत गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

त्यस्तै उक्त कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकार र निजीक्षेत्र एकै रथको दुई पाङ्ग्रा भएर अघि बढ्न तयार छ । मुलुकको आर्थिक विकासकालागि सरकारसँग हातेमालो गर्न निजी क्षेत्र सधै तयार रहेको बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको