Like us!
Follow us!
Connect us!
Watch us!

हरिनगरा, इटहरी र गौरमा युवासँग महालक्ष्मी लाईफ कार्यक्रम सम्पन्न

अर्थ संसार

बुधबार, ०८ मंसिर २०७८, १७ : ३३ मा प्रकाशित

हरिनगरा, इटहरी र गौरमा युवासँग महालक्ष्मी लाईफ कार्यक्रम सम्पन्न

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको 'युवासँग  महालक्ष्मी लाईफ' कार्यक्रम विभिन्न मितिमा सुनसरीको हरिनगरा, मोरङ्गको इटहरी र रौतहटको गौरमा सम्पन्न गरेको छ । 

मंसिर ५ गते इटहरि नमुना कलेजमा ५० जना बिद्यार्थीको उपस्थितिरहेको उक्त कार्यक्रमको अध्यक्षता क्याम्पस चिफ   डि. एन.न्यौपानेले गरेको थिए । उक्त कार्यक्रममा बीमा सम्बन्धी चेतनामुलक प्रशिक्षण कम्पनीका वरिष्ठ सहायक महाप्रवन्धक  प्रशान्त राज धमलाले प्रदान गरेका थिए ।  उक्त कार्यक्रम एरिया प्रमुख शिपुजन शाहले सञ्चालन गरेका थिए । 

त्यसै गरी सोही दिन हरिनगरा मा.वि. मा करिव १५० जना जना बिद्यार्थीको उपस्थितिरहेको अर्को कार्यक्रममा बीमा सम्बन्धी चेतनामुलक प्रशिक्षण कम्पनीका वरिष्ठ सहायक महाप्रवन्धक  प्रशान्त राज धमलाले प्रदान गरेका थिए ।  उक्त कार्यक्रममा बीमाको आवश्यकता र औचित्यबारे हरिनगरा शाखा प्रमुख सञ्जय शाह तथा उप क्षेत्रिय प्रमुख  हिरा निरौलाले प्रकाश पारेका थिए ।  कार्यक्रमका अध्यक्ष तथा प्रधान अध्यापक  बलराम मण्डलले समिक्षा मन्तब्य दिनु भएको उक्त कार्यक्रमको सञ्चालन जनजागरण जिल्ला कमिटिका संयोजक  खड्ग नारायण उराँवले गरेका थिए । 

त्यसैगरी मंसिर ६ गते  गौरी शंकर बहुमुखी क्याम्पस,गौर, रौतहटमा ५० जना स्नातक तहका विद्यार्थी उपस्थित कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख  रमेश श्रीवास्तवले गरेका थिए । प्रमुख अथिति प्रशासकिय अधिकृत  मोहन यादव रहेको उक्त कार्यक्रममा बीमाको महत्व बारे कम्पनीका गौर क्षेत्रका बजार प्रमुख राजेश कुमार शाहले प्रकाश पारेका थिए ।

 उक्त कार्यक्रममा बीमा सम्बन्धी प्रशिक्षण क्षेत्रिय प्रमुख  दिगम्बर प्रसादले प्रदान गरेका थिए । कम्पनीका कर्मचारी  मनोज कुमार यादवले सञ्चालन गर्नु भएको उक्त कार्यक्रमका अध्यक्ष तथा प्रमुख अतिथिले उक्त कार्यक्रमको सराहना गर्दै यस कार्यक्रमले जनस्तरमा बीमा बारे बुझ्न र समाजमा रहेका बीमा सम्बन्धी अन्यौललाई हटाउन सहयोग गर्ने विश्वास व्यक्त  गरे । 

619e26f6ede9e.jpg 619e26f6f3f3c.jpg 619e26f72b3d2.jpg 619e26f73a9c2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको