Like us!
Follow us!
Connect us!
Watch us!

क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउँदै भारत, मूल्यमा गिरावट

अर्थ संसार

विहीबार, ०९ मंसिर २०७८, १४ : ४६ मा प्रकाशित

क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउँदै भारत, मूल्यमा गिरावट

भारत सरकारले क्रिप्टोकरेन्सी अर्थात डिजिटल मुद्रामाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । सरकारले आगामी हिउँदे अधिवेशनमा एउटा विद्येयकमार्फत  क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाउन लागेको हो ।

प्रतिबन्ध चर्चासँगै भारतीय बजारमा क्रिप्टोकरेन्सीको मूल्यमा गिरावट आएको छ । गत वर्षको सुरुमा नै सरकारले विधेयकको मस्यौदा तयार गरेको थियो ।

भारतको केन्द्रीय बैंकले क्रिप्टोकरेन्सीप्रति नकरात्मक दृष्टिकोण राखेको विज्ञहरुले बताउँदै आएका छन् । केन्द्रीय बैंकले सन् २०१८ मा क्रिप्टोकरेन्सी कारोबारमा प्रतिबन्ध लगाएको थियो । गत वर्षको मार्चमा सर्वोच्च अदालतको एउटा फैसलाले प्रतिबन्ध उल्टाइदिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको