Like us!
Follow us!
Connect us!
Watch us!

क्रिप्टोकरेन्सी, बिटक्वाइन र नेटवर्किङका वेबसाईट र एप अब नेपालमा नचल्ने

अर्थ संसार

सोमबार, २५ पुस २०७९, ०६ : ५५ मा प्रकाशित

क्रिप्टोकरेन्सी, बिटक्वाइन र नेटवर्किङका वेबसाईट र एप अब नेपालमा नचल्ने

अनलाइन मार्फत हुने अवैध डिजिटल कारोबारका वेबसाइट, एप र सञ्जालसम्मको पहुँच  रोक्न  नेपाल  दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिएको छ ।

नेपालमा मौद्रिक  उपकरणको  कानुनी  मान्यता  नपाएका  डिजिटल करेन्सी र नेटवर्क मार्केटिङलगायतका डिजिटल कारोबार बढेकाले त्यस्ता वेबसाइट अथवा एपसम्म पहुँच पुग्न नसक्ने व्यवस्था गर्न  इन्टरनेट  सेवा  प्रदायकलाई  निर्देशन दिएको  हो  । 

अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन सेवालगायतका गैरकानुनी क्रियाकलाप तथा आर्थिक  अपराधसँग  सम्बन्धित  वेबसाइट,  एप, अनलाइन सञ्जाललगायतका भर्चुअल माध्यम  नेपालभित्र  प्रयोग,  सञ्चालन  र  व्यवस्थापन  गर्न’  प्राधिकरणले  निर्देशन  दिएको हो ।

प्राधिकरणले यस्तो निर्देशनको पूर्ण पालना गर्नुपर्ने जनाएको छ । प्राधिकरणबाट जारी  गरिएको  निर्देशनको  पालना  नगरेको  पाइएमा  ऐनबमोजिम  कारबाही  हुने  व्यहोरा  जानकारी गराइन्छ’ प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको