Like us!
Follow us!
Connect us!
Watch us!

क्रिप्टाे र राज्यकाे पाेलिसी : हो, राज्यको कठोर नीतिका कारण जोगिएकै हुन् नेपाली

धिरज पौड्याल

विहीबार, ०१ मंसिर २०७९, १६ : १४ मा प्रकाशित

क्रिप्टाे र राज्यकाे पाेलिसी : हो, राज्यको कठोर नीतिका कारण जोगिएकै हुन् नेपाली

२०२१ नोभेम्बरमा सर्वाधिक ९० लाख रुपैयाँसम्म पुगेको बिटक्वाइन अहिले २१ लाख रुपैयाँमा झरेको छ। १ वर्षको अवधिमा बिटक्वाइनमा ७० हजार रुपैयाँको गिरावट आएको छ। बिटक्वाइन मात्र हैन अधिकांश बढी क्रिप्टोकरेन्सी आहिले निकै मात्रामा घटेका छन्। 

२०२० को जनवरी मा ७००० अमेरिकी डलर रहेको बिटक्वाइन त्यसपश्चात निरन्तर रूपमा वृद्धि देखिन थाल्यो। अन्तराष्ट्रिय रूपमा यसको चर्चा उत्पन्न भयो, नेपालमा पनि वैधानिकताका लागि राज्यमा चौतर्फी दबाब देखिन थालेका थिए अज नेपालमा क्रिप्टोकरेन्सी वैधानिकता र नेपालीलाई क्रिप्टोकरेन्सीलाई लगानीको बाटो खुल्ला गर्नुपर्ने आवाज उठिरहेको थियो। 

२०२० काे अगष्ट देखि निरन्तर रूपमा क्रिप्टोकरेन्सीमा वृद्धि देखिन थालेपछि विश्वब्यापी रूपमा यो चासोको विषय बन्दै गएको थियो। त्यसबेला क्रिप्टोकरेन्सी अब को वित्तीय हतियारको रूपमा भन्दापनि ट्रेडिंग गर्ने सेयरको रूपमा हेरिन थाल्यो र सोही अनुसार प्रयोग हुँदै गयो। 

सन् २०२१ को सुरुवातमा करिब ३००००० अमेरिकी डलर क्रिप्टोकरेन्सीको मूल्य पुगेको थियो। यो समयमा नेपाली सेयरबजार पनि बुलिश ट्रेण्डमा रहेको थियो, सेयरबजारको बुलिश ट्रेन्डले लगानीकर्तालाई क्रिप्टोकरेन्सीमा लगानी गर्न लगानीकर्तालाई उक्साइरहेको थियो दिनानु दिन नेपालको सेयरबजार र क्रिप्टोकरेन्सी मार्केटले नयाँ उचाई कायमको क्रममा बजारले पनि लगानीकर्ताको मनोविज्ञानलाई उक्साईरहेको थियो। 

याे समयमा क्रिप्टोकरेन्सीबारे देखिएका विविध सकारात्मक विषय तथा प्रभावले लगानीकर्ताहरू क्रिप्टोकरेन्सीमा लगानी गर्ने वैकल्पिक मार्गहरू खोजिरहेका थिए। दोस्रो बाटो बाट पनि जनताहरूले क्रिप्टोकरेन्सीमा लगानी गर्ने तरखरमा थिए, वैदेशिक मुद्राको सहज पहुँचमा रहेका व्यक्तिले क्रिप्टोकरेन्सीमा लगानी गरेकाे पाइन्थ्यो । वैदेशिक मुद्रासँग सहज पहुँच हुन नसकेका व्यक्तिहरूले क्रिप्टोकरेन्सीमा लगानी खुल्ला गर्न माग गरिरहेका थिए। 

जनताहरूले माग गरे अनुरुप यदि त्यस समयमा क्रिप्टोकरेन्सी कारोबारलाई वैधानिकता प्रदान गरेको भएमा अहिले अधिकांश नेपालीहरु बढदो र फुल्दो क्रममा रहेको क्रिप्टोकरेन्सी बजारमा लगानी गर्दा यो समयमा डुब्ने निश्चित रहेछ । राज्यको क्रिप्टोकरेन्सी प्रति लिएको कठोरता र संयमित नीतिका कारण नेपाली जनताहरु क्रिप्टोकरेन्सीको जालमा फस्नसक्ने सम्भावना न्यून भयो। 

गत वर्ष नोभेम्वर सम्म नेपालमा क्रिप्टोकरेन्सी लाई वैधानिक बनाउनु पर्ने विभिन्न मग हरु देखिएका हुन्थे तर नोभेम्बर पश्चात क्रिप्टोकरेन्सी बजारमा निरन्तर गिरावट देखिन थालेपछि हाल की कुराहरू उठेका छैनन्।

विगत १ वर्ष देखि विभिन्न क्रिप्टोकरेन्सी हरुमा विविध विषयहरुमा देखिए र विविध ठगी कृयाकलाप जसले विश्वब्यापी रूपमा विभिन्न लगानीकर्ताहरुलाई बैङ्करप्ट नैं बनाएको छ भने क्रिप्टोकरेन्सी चरम अवस्थामा खोलिएका माईनिङ सेन्टरहरु अहिले धमाधम बन्द हुन थालेका छन्। 

क्रिप्टोकरेन्सी बुलमा रहेको बेला राज्यले भावनामा बहकिएर खुल्ला नीति लिएको भएमा अहिले वास्तवमै धेरै नेपाली लगानीकर्ताहरुको बिचल्ली हुने निश्चित रहेछ। राज्यको कठोर नीतिमा कारण क्रिप्टोकरेन्सीमा लगानी गर्न असहज परिस्थिति सृजना भयो। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको