Like us!
Follow us!
Connect us!
Watch us!

सन् २०२२ मा ६५% ले घटेको बिटकोइन २०२३ को पहिलो महिनामै ४४% ले बढ्यो

अर्थ संसार

विहीबार, १९ माघ २०७९, १४ : ०८ मा प्रकाशित

सन् २०२२ मा ६५% ले घटेको बिटकोइन २०२३ को पहिलो महिनामै ४४% ले बढ्यो

सन २०२२ जनवरी १ मा ४७७२३ अमेरिकी डलरमा रहेको लोकप्रिय क्रिप्टोकरेन्सी बिटकाेइन २०२२ को अन्त्यमा १६५४० अमेरिकी डलरको मूल्यमा रह्यो, गत वर्ष ३११८० अमेरिकी डलर अर्थात ६५% ले घटेको बिटकाेइन २०२३ को सुरुवाती महिनामै ४४% ले बढेको छ। 

२०२३ को सुरुवात अर्थात जनवरी १ मा १६५४१ डलरमा रहेको बिटकाेइनको मूल्य भ्यालु ७२६७ डलरले बढेर २३८०९ अमेरिकी डलरसम्म पुगेको छ। 

२०२१ नोभेम्बर ९ मा सर्वाधिक भ्यालु पाएको बिटकाेइन सर्वाधिक ६७५२५ अमेरिकी डलरको मूल्यमा बन्द भयो, नोभेम्बर-१०, २०२१ बाट घट्ना थालेको बिटकाेइनको मूल्य २०२२ नोभेम्बर ९ मै १५९२२.८१ मूल्यको न्यूनतम विन्दु बनायो नोभेम्बर १० मा एकैदिन १०% ले बढेको सम्हालिन सकेन र नोभेम्बर २२ मा १५७८१ डलरको न्युनतम मुल्य कायम गर्यौ। 

उच्च बिन्दुबाट घटिरहेको बजार ७७% ले घटेपश्चात सम्हालिन खोजेको बजार विभिन्न मूल्यको बिन्दुमा सम्हालिन खोज्यो तर सम्हालिन सकेन। २०२२ जून यता बिटकाेइनको भ्यालु साइडवे रहेको थियो। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको