Like us!
Follow us!
Connect us!
Watch us!

जिडब्लुएमको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ आजबाट सुरू

अर्थ संसार

विहीबार, ०९ मंसिर २०७८, १६ : ३१ मा प्रकाशित

जिडब्लुएमको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ आजबाट सुरू

ग्रेट वाल मोटर्स (जिडब्लुएम) गाडीहरुको नेपालको लागि आधिकारिक बिक्रेता भि.जी. ईम्क्पेक्स प्राइभेट लिमिटेडले आफ्नो दुई एसयूभी हरु – 3rd Gen हवाल एच सिक्स र हवाल जोलायनका साथै पीक–अप पावर को ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ आयोजना गरेकाे छ ।

यो आयोजना आज मङसिर ९ गतेदेखि सुरु भई  मङसिर १४ गते सकिनेछ । यस क्याम्पमा इच्छुक जोसुकै पनि सहभागी हुन सक्नेछन् । सहभागी हुनका लागि इच्छुकहरुले थापाथली, काठमाडौंस्थित ग्रेट वाल मोटर्सको शाोरुममा गएर बिहान १० बजेदेखि बेलुका ५ बजेभित्र नि:शुल्क टेस्ट ड्राइभ तथा एक्सचेन्जको फाइदा लिन सक्नेछन् र इच्छुक सहभागीहरुले जिडब्लुएमको फेसबुक पेज https://www.facebook.com/GWM.NP मार्फत बुकिङ्ग गर्न सकिनेछ ।

टेस्ट ड्राइभका लागि आउने प्रत्येक ग्राहकहरुले आकर्षक उपहार पाउनुका साथै 43” को MI स्मार्ट टि.भी. जित्ने मौका पाउनेछन् । यस क्याम्प अन्तर्गत ग्राहकहरुले गाडी एक्सचेन्ज गरी बुकिङ्ग गर्न सकिनेछ र आकर्षक बोनस, नगद छुट, निःशुल्क एसेसोरिज र सहज फाइनान्सिङको सुविधा पनि उपलब्ध हुनेछ । सबै ग्राहकहरुलाई गाडीहरुको विशेषता र फाइनान्सिङको बारेमा जानकारी गराउन अनुभवी विज्ञहरु उपस्थित रहनेछन् । 

जिडब्लुएमले अक्टोबर २०२१ मा जम्मा ११२,०६९ गाडी बिक्री गरेको छ जसमा अन्तर्राष्ट्रिय बजारमा मात्र १४,०४७ बिक्री गरेको थियो । २०२१ को जनवरीदेखि अक्टोवरसम्म अन्तर्राष्ट्रिय बजारमा बिक्री भएको ११२,०२० सहित ९९६,११४ गाडी बिक्री भएको छ जुन ३०.३% को वृद्धि हो । 

चीनमा विगत ११ वर्ष देखि सबैभन्दा धेरै बिक्री हुने नम्बर १ एसयूभी , हवाल ६५ लाख भन्दा धेरै सङ्ख्यामा बिक्री भइसकेको हवाल अहिले ७० लाख पुगेको छ । ३५ लाख भन्दा धेरै विक्री भएको हवाल एच सिक्स ९५ महिनासम्म चीनमा सबैभन्दा धेरै बिक्री हुने एसयूभी पनि हो । 

चीनको घरेलु बजारमा नम्बर १ स्थानमा रहेको पीक–अप पावर निर्यातमा पनि लगातार २४ वर्षदेखि सबैभन्दा माथि रहेको छ । घरेलु बजारको ५०% हिस्सा ओगटेको पावरको विश्वव्यापी जम्मा बिक्री १९ लाख एकाइ रहेको छ ।  


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको