Like us!
Follow us!
Connect us!
Watch us!

ललितपुरको चाकुपाटमा जीडब्ल्यूएम नेपालको सर्भिस सेन्टर

अर्थ संसार

शुक्रबार, २४ असार २०७९, १७ : ११ मा प्रकाशित

ललितपुरको चाकुपाटमा जीडब्ल्यूएम नेपालको सर्भिस सेन्टर

जीडब्ल्यूएम–नेपालले ललितपुरको चाकुपाटमा सुविधा सम्पन्न सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । नयाँ सञ्चालनमा ल्याइएको सर्भिस सेन्टरबाट विश्वस्तरीय सेवा सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । भीइजी इम्पेक्स प्रालि (जीडब्ल्यूएम–नेपाल) नेपालका लागि जीडब्ल्यूएम ब्रान्डका गाडीको आधिकारिक आयातकर्ता र वितरक हो ।

नेपालमा यो गाडीको बिक्रीपछि सर्भिस सेन्टर सञ्चालनमा ल्याएको कम्पनीको भनाइ छ । यो सुविधा सम्पन्न सर्भिस सेन्टर १५ हजार वर्ग फिट भन्दा बढी क्षेत्र ओगटेको छ ।

सर्भिस सेन्टरको क्षमता प्रति महिना ६०० बढी सवारी साधनलाई द्रुत सेवा प्रदान गर्नसक्ने ६ कक्षहरु रहेका छन् । जहाँ हाइ–टेक उपकरणको सहायतामा दक्ष प्राविधिकहरुले सेवा दिनेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको