Like us!
Follow us!
Connect us!
Watch us!

गुँरास लाइफको साधारण सभा सम्पन्न, ५.७८ प्रतिशत लाभांश पारित

अर्थ संसार

शुक्रबार, १० मंसिर २०७८, १५ : ४८ मा प्रकाशित

गुँरास लाइफको साधारण सभा सम्पन्न, ५.७८ प्रतिशत लाभांश पारित

गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ११औं वार्षिक साधारण सभा आज (शुक्रबार) सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालय, श्री राज भवन, तिनकुने, काठमाण्डौंमा भिडियो कम्फ्रेन्सको माध्यमबाट साधारण सभा सम्पन्न भएको हो । 

साधारण सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५.५००४१७४ प्रतिशतले हुने आउने बोनस सेयर र सो मा लाग्ने कर वापत ०.२८९४९५६६ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि मात्र) वितरणको प्रस्ताव पारित गरेको छ ।

सभाले बोनस सेयर वितरण गर्दा हुन आउने दशमलव पछिको अंक  (Fraction Share) सेयर र पहिला यथावत कायम रहेको दशमलव पछिको अंक (Fraction Share) सेयर समेत थप गर्दा १ कित्ता सेयर दिन सकिने भएमा सो दिई बाँकी रहन आउने दशमलव पछिको अंक  (Fraction Share) सेयरलाई यथावत राख्ने प्रस्ताव समेत पारित गरेको छ । 

त्यसैगरी, सभाले बोनस सेयर जारी पश्चात् वृद्धि हुन आउने अधिकृत, जारी तथा चुक्ता पुँजीलाई सोही अनुरुप वृद्धि गरी कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरुको बैठक भत्ता वृद्धि गर्ने तथा दैनिक भ्रमण भत्ता तोकी कम्पनीको नियमावलीमा संशोधन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम संशोधन एवं स्वीकृतिको लागि नियमनकारी निकायले कुनै हेरफेर, संशोधन वा थपघट गर्न निर्देशन दिएमा सो बमोजिम आवश्यक संशोधन गर्न संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको