Like us!
Follow us!
Connect us!
Watch us!

अनुसन्धान भन्छ : नेपालमा दैनिक एक सय २५ जना दृष्टिविहीन थपिन्छन्

अर्थ संसार

शनिबार, ११ मंसिर २०७८, १२ : ४९ मा प्रकाशित

अनुसन्धान भन्छ : नेपालमा दैनिक एक सय २५ जना दृष्टिविहीन थपिन्छन्

नेपालमा प्रत्येक दिन एक सय २५ जना दृष्टिविहिन थपिने गरेका छन् । आँखासम्बन्धी गरिएका विभिन्न अनुसन्धानले यस्तो देखिएको हो ।

राप्ती आँखा अस्पतालका नेत्र अधिकृत शालिकराम गौतमले अझै सबैको पहुँचमा आँखा उपचारको सेवा नहुँदा दृष्टिविहीनको संख्या धेरै भएको बताए । उनले अहिले दैनिक एक सय २५ जनामा अन्धोपन देखिने गरेको बताए । ‘समयमा उपचार पाएमा ८० प्रतिशत पुनः दृष्टि पाउन सकिन्छ’ राप्ती आँखा अस्पतालले आयोजना गरेको आँखाको सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रममा प्रशिक्षक नेत्र अधिकृत गौतमले भने ‘तर सबैको पहुँचमा नहुँदा आँखाकाे दृष्टि गुमाउनु परेको छ ।’ नेपालमा करिब ८० लाख मानिसले आँखाको उपचार नपाएको उनले बताए । 

सबैको पहुँचमा आँखको सेवा पुर्‍याउन सरकारले योजना बनाएर काम गर्नु पर्ने बताए । शरीरका अन्य अंग जस्तै आँखा संवेदनशील भए पनि यसबारे धेरैले चासो नराखेको उनकाे भनाइ छ । पछिल्लो समय आँखाका समस्या लिएर अस्पताल आउनेको संख्या बढ्दै गएको उनले बताए । आँखा सुक्खा हुने, धेरै समयसम्म हेर्न नमिल्ने, आँखामा विभिन्न संक्रमण हुनेलगायतका समस्या देखिएको उनले बताए । मोतीविन्दु, जलविन्दु, दृष्टिपर्दाको समस्या, रतन्धो र आँखामा लाग्ने चोटपटक नै दृष्टिविहीन बनाउने प्रमुख कारणह रहेको उनले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको