Like us!
Follow us!
Connect us!
Watch us!

आँखा नदेखेर के भो ? घर सुनिताले नै सम्हाल्छिन्

अर्थ संसार

शनिबार, १४ फागुन २०७८, १५ : २५ मा प्रकाशित

आँखा नदेखेर के भो ? घर सुनिताले नै सम्हाल्छिन्

राजविराज नगरपालिका–१ की २४ वर्षीया सुनिता कुमारी रजक दुवै आँखा देख्दिनन् । उनमा यो समस्या जन्मैदेखिको हो । तर, समस्या छ भनेर उनी चुप लागेर भने बस्दिनन् । घरबाहिर धेरै हिँडडुल नगर्ने सुनिता कुमारी घरभित्रका काम भने सबै गर्छिन् ।

उनका भाईबहिनी विद्यालय जान्छ । बाबू ठेला चलाउने र आमा अर्काको घरमा गएर काम गर्छिन । घरमा कोही नभएपछि घरभित्रका सबै कामको जिम्मेवारी सुनितामै आउँछ । तर उनले यो कामलाई कहिल्यै रोकिनन् । बिहान उठेर घर बढार्ने, भाँडा मस्काउने, गाईवस्तुलाई चारो हाल्ने, खाना पकाउने सबै काम उनी कसैको सहयोगविनै पटापट गर्छिन ।

उनी भन्छिन्, ‘म आँखा देख्दिन, अडकलको भरमा सबै काम गर्छु ।’

उनकी आमा दुर्गा देवी रजकका अनुसार जेठी सन्तान सुनिताकुमारी जन्मैदेखि दुवै आँखा देख्दिनन् । आँखा नदेखे पनि काम नगरी कहिल्यै बस्दिन । अरु छोराछोरीले नगर्ने काम पनि उनी एक्लैले गर्ने गरेको उनको भनाइ छ । 

उनले भनिन्, ‘आँखा नदेख्ने भए पनि घरमा उ भएपछि मलाई ढुक्क हुन्छ । हामी बुढाबुढी दुवैजना घरबाहिर काम गर्न जान पाएका छौं ।’
सुनिताको विवाह पनि भएको थियो । बोल्न नसक्ने एउटा केटासँग विवाह भए पनि उसले छोडेर अर्काे विवाह गरे । त्यसपछि सुनिता माइतीमा आएकी हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको