नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेकाे छ ।
बैंककाे मंसिर २ गते सम्पन्न २७औं साधारण सभाले पारित गरेकाे ३.५० प्रतिशत नगद लाभांश बुक क्लाेज हुनुभन्दा अघिल्लाे दिनसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुकाे सम्बन्धित बैंक खातामा जम्मा गरिएकाे बैंकले जनाएकाे छ ।
त्यसैगरी, हालसम्म पनि आफ्नो सेयर भौतिक रुपमा भएका शेयरधनीहरुले आफूलाई पायक पर्ने निक्षेप सदस्यकहाँ सम्पर्क गरेर डिम्याट खाता खोली सेयर अभौतिकीकरण गर्न बैंकले अनुरोध गरेकाे छ । बैंकको सेयर धितो राखी अन्य बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएका शेयरधनीहरुले सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट लाभांश रकम फुकुवा पत्र (No Objection Letter) उपलब्ध गराए पश्चात मात्र नगद लाभांश रकम सम्बन्धित बैंक खातामा पठाईने पनि बैंकले जनाएकाे छ ।
बैंककाे सेयर रजिष्ट्रार नेपाल बङ्गलादेश क्यापिटल लिमिटेड रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस