Like us!
Follow us!
Connect us!
Watch us!

स्वतन्त्र पूँजी बजार सुधार संघमा फुटः दुवै पक्षले निकाले निलम्बनको विज्ञप्ती

अर्थ संसार

सोमबार, १३ मंसिर २०७८, १६ : ०४ मा प्रकाशित

स्वतन्त्र पूँजी बजार सुधार संघमा फुटः दुवै पक्षले निकाले निलम्बनको विज्ञप्ती

करिब २ महिना अघि मात्र स्थापना भएको स्वतन्त्र पूँजी बजार सुधार संघमा विवाद देखिएको छ । 

आज बिहान संघको एक समूहले संघको हित विपरित काम गरेको भन्दै अध्यक्ष डिल्लीश्वर कार्की (रोहन) लाई बर्खास्त गरिएको भनी विज्ञप्ती जारी गरेको थियो भने अहिले अध्यक्ष कार्कीले एक बिज्ञप्ती जारी गर्दै संघका उपाध्यक्ष श्री बिनायक शिवाकोटी (आदित्य),  कोषाध्यक्ष सुशिल कुमार लुनिया, पूर्व सह सचिव श्री शिरिष आचार्यलाई संघबाट निलम्बन गरिएको जनाएका छन् ।

अध्यक्ष कार्की र सचिव बिनोद बजगाइद्धारा जारी विज्ञप्तीमा भनिएको छ "यस स्वतन्त्र पूँजी बजार सुधार संघको नाममा केही स्वार्थी अराजक समूहले संघको लेटर प्याड र छापको दुरुपयोग गरी यस संघका आदरणीय अध्यक्ष श्री डिल्लीश्वर कार्की (रोहन) लाई बर्खास्त गरिएको भनी जारी गरिएको विज्ञप्तीप्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता खालको किर्ते र गैर जिम्मेवारपूर्ण कार्य नगर्न यस संघ चेतावनी दिन चाहान्छ ।"

विज्ञप्तीमा "संघका पूर्व उपाध्यक्ष श्री बिनायक शिवाकोटी (आदित्य), पूर्व कोषाध्यक्ष सुशिल कुमार लुनिया, पूर्व सह सचिव श्री शिरिष आचार्य लगायतका केही सदस्यहरुलाई यस संस्थाले पहिले नै कारवाही गरी यस संस्थाबाट निलम्बन गरिसकेको जानकारी पनि गराउन चाहान्छौं । बर्खास्तमा परिसकेका केही अराजक समूहले सडकबाट यस संस्थाका आदरणीय अध्यक्ष लगायतलाई बर्खास्त गरिएको भनी संस्थाको छाप र लेटरप्याड किर्ते बनाई नैतिकहिन प्रचारहरु गरिएको प्रति यस संघ निन्दा गर्दछ । छाप र लेटरप्याडको किर्ते कार्यको कानुनी उपचार गरिने कुरा प्रष्ट पार्न चाहान्छौं । केही स्वार्थी समूहले यस संस्थालाई पहिले देखिनै प्रयोग गर्न खोजेको र संगठन तयार नभएपछि संगठन भित्रको केही व्यक्तिहरु प्रयोग गरिएको कुरा आम लगानीकर्ताको बीचमा घाम जत्तिकै छर्लङ्ग छ । पछिल्लो केहि दिनदेखि संगठनको कुनै पनि आधिकारीक बैठक नबसेको कुरा पनि स्पष्ट पार्न चाहान्छौं । यी सबै अराजक गतिविधिहरु आम लगानीकर्ताहरुले बुझ्नु भएको छ र बुझ्नुहुनेछ भन्ने आशा गरेका छौं ।"

"अन्त्यमा, संगठनभित्रका यस्ता खालका केही स्वार्थी व्यक्तिहरु जो संगठनको र आमलगानीकर्ताको हितमा भन्दा पनि केही समूहहरुसँग मिलेर संगठनको बद्नाम र आमलगानीकर्ताको हित विपरित कार्य गर्नेहरु यस संगठनबाट बर्हिगमित भईसकेकोले अबका दिनमा यस संगठनलाई आमलगानीकर्ताको हितमा र पूँजी बजारको विकासको लागि काम गर्न भन् सजिलो हुनेछ । यस्ता स्वार्थी समूहका गतिविधिबाट अलिकति पनि बिचलित नहुन हाम्रा प्रदेश कमिटी, जिल्ला कमिटी, नगर कमिटी र आम लगानीकर्ताहरुमा आग्रह गर्दछौं । अबका दिनमा पूँजी बजारको बिकासका लागि अझै झन् सशक्त र मजबुत रुपमा लाग्ने प्रतिज्ञा गर्दछौं । जय पूँजी बजार, जय लगानीकर्ता" विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष कार्कीले निकालेको विज्ञप्तीः

 

पूँजी बजारलाई ध्वस्त पार्न खोज्ने नियमकारी निकायले एक पछि अर्को गरि प्रतिकूल नीतिहरु ल्याउदै गर्दा उक्त नीतिहरूलाई एकदम सहि हो भन्ने किसिमको अभिव्यक्ति दिने, संधको मूल्य मान्यतालाई पालना नगर्ने समितिका अन्य सदस्यहरूलाई व्यक्तिगत स्वार्थको निमित्त प्रयोग गर्न खोज्ने, संस्थाको स्थापनाकाल देखि नै पूँजी बजारमा समय समयमा जगन्य भस्टाचार, गैरजिम्मेवारीपना, पूँजी बजारलाई नकारात्मक प्रभाव पार्ने विभिन्न गतिविधि भैइरहदा जिम्मेवार भएर सयोंजकको भुमिका नखेल्ने, वर्षी देखि खोलिएका नाम मात्रका लगानी कर्ता संघहरू संग मिलि उही पुरानै शैली दोहोर्याउन खोज्ने र समाजिक संजालको सस्तो लोकप्रियतामा मात्र रमाउन खोज्ने जस्ता उदाशिन र गैरजिम्मेवार गतिबिधि देखिएको हुनाले स्वतन्त्र पूजीबजार सुधार संघका उपाध्यक्ष विनायक सिवाकोटी (अदित्य) को अध्यक्षतामा बसेको पूर्ण बैठकले नाम मात्रका संयोजक रोहन कार्कीलाई समितिका बहुमत सदस्यहरुको हस्ताक्षर सहित साधारण सदस्य समेत नरहने गरि आज कै मिति बाट बर्खास्त गरिएको र यो संस्थालाई वैधानिकता दिदै आजैको मिति बाट बसेको समितिको बैठक बाट अध्यक्षमा श्री सुशील कुमार लुनियालाई सर्व सम्मत चयन गरिएको विज्ञप्तीमा जनाइएकाे छ ।

उपाध्यक्ष सिवाकोटी समूहले निकालेको विज्ञप्तीः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको