Like us!
Follow us!
Connect us!
Watch us!

आरएमडीसी लघुवित्तले गर्याे लाभांश घोषणा, बोनस कति ?

अर्थ संसार

बुधबार, १५ मंसिर २०७८, १० : ५३ मा प्रकाशित

आरएमडीसी लघुवित्तले गर्याे लाभांश घोषणा, बोनस कति ?

आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

संस्थाको आज मंसिर १५ गते, बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61a7058aeceaa.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको