Like us!
Follow us!
Connect us!
Watch us!

बम्पर लाभांश पछि महिला लघुवित्तको मूल्य समायोजन, समायोजन पछिको भाउ कति ?

अर्थ संसार

विहीबार, १६ मंसिर २०७८, ०६ : २२ मा प्रकाशित

बम्पर लाभांश पछि महिला लघुवित्तको मूल्य समायोजन, समायोजन पछिको भाउ कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

संस्थाको ४७.५ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३ हजार ६ सय ५८ रूपैयाँ ९८ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ५ हजार ३ सय ९७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

संस्थाको कार्तिक २९ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको चौँथो वार्षिक साधारण सभा मंसिर २२ गते, बुधबार हिमालयन दृश्य रिसोर्ट, धुलिखेल ३, काभ्रेमा बिहान १०ः३० बजेदेखि सुरू हुनेछ । 

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि आज मंसिर १६ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, हिजो मंसिर १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४७.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५० प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

61a8158e82a4a.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको