सिभिल बैंक लिमिटेडले मंसिर १६ गते, बिहीबारबाट ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको १०.२५ प्रतिशत व्याजदर भएको ‘सिभिल बैंक डिबेन्चर २०८८’ नाममा ऋणपत्र निष्कासन गर्न लागेको हो ।
बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । निष्कासन गरिने कुल ३० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ । सर्वसाधारणको लागि छुट्याईएकोमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ ।
को हो बिक्री प्रबन्धक ?
बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।
कति दिने आवेदन ?
लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पुर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कहिलेसम्म दिने आवेदन ?
मंसिर २४ गतेबाट निष्कासन गरिने उक्त ऋणपत्रमा छिटोमा मंसिर २८ गते र ढिलोमा पौष ९ गतेसम्मसम्म आवेदन दिन सकिनेछ ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताहरूले लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, सिभिल बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।
बैंकले प्रकाशन गरेको आह्वानपत्र यस्तो छः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस