आज विभिन्न ३ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र एभरेष्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र सबैको लघुवित्त वित्तीय संस्थाको लाभांश पाउने छन् ।
एभरेष्ट बैंक लिमिटेडको १०.३२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको सत्ताइसौँ वार्षिक साधारण सभा पौष १ गते, बिहीबार एभरेष्ट बैंक लिमिटेडको केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौँमा बिहान ११ः३० बजेदेखि सुरू हुनेछ ।
सभामा बैंकको आज कार्तिक १२ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.३२ प्रतिशत नगद गरी कुल १०.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
त्यस्तै आज शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको पनि लाभांश सुरक्षित गर्ने आजै अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १७ गतेदेखि मंसिर २९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको तेह्रौँ वार्षिक साधारण सभा मंसिर २९ गते, बुधबार, महाराजा रिसोर्ट, बुटवल, रूपन्देहीमा बिहान ११ बजेबाट सुरू हुनेछ ।
सभामा बैंकको कार्तिक १४ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १०.९३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
त्यसैगरी सबैको लघुवित्त वित्तीय संस्थाको पनि ३२.६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ मंसिर १७ गतेदेखि २ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसैले मंसिर १६ गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको बार्षिक साधारसभा पुस ३ गते गर्ने निर्णय गरेको थियो । सभाले ३१.५ प्रतिशत बोनस सेयर र १.६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल ३२ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस