Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएन मार्फत विदेशी मुद्रामा निक्षेप संकलन गर्न सकिने, यस्ता छन् शर्तहरु

अर्थ संसार

विहीबार, १६ मंसिर २०७८, ०८ : ५९ मा प्रकाशित

एनआरएन  मार्फत विदेशी मुद्रामा निक्षेप संकलन गर्न सकिने, यस्ता छन् शर्तहरु

नेपाल राष्ट्र बैंकले विभिन्न शर्तहरु सहित नेपालका वित्तिय संस्थाहरुले गैर आवासीय नेपालीहरु र उनिहरु संलग्न संथाहरुबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्नसकिने गरी हालको व्यबस्थालाईसंसोधन गरेको छ । बैंकहरुमा तरलताको संकट देखिए पछि यो परिवर्तन गरिएको हो । 

राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको बुंदा नं. ६८ मा भएको “गैर आवासीय नेपालीहरू तथा गैर आवासीय नेपालीहरू संलग्न विदेशी संस्थाहरुबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न सकिने व्यवस्थालाई सरलीकरण गरिने गरिने गरी गरेको व्यवस्था बमोजिम राष्ट्र बैंकले एकीकृत परिपत्र २०७६ लाई संशोधन गरी गैर आवासीय नेपालीहरू तथा गैर आवासीय नेपालीहरू संलग्न विदेशी संस्थाहरुबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न सकिने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले राखेका शर्तहरः

(क) यस्तो निक्षेप खाता गैर-आवासीय नेपाली तथा गैर आवासीय नेपालीवाट प्रबर्द्धित विदेशस्थित संस्थाको मात्र
खोल्नर सञ्चालन गर्न सकिनेछ। 

(ख) गैर आवासीय नेपालीको नाममा संयुक्त रुपमा समेत यस प्रकारको खाता खोल्न सकिनेछ । 

(ग) गैर आवासीय नेपालीको नाममा खाता खोल्दा तथा सञ्चालन गर्दा नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैर आवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपि लिनुपर्नेछ । गैर आवासीय नेपालीवाट प्रवदित विदेशस्थित संस्थाको खाता खोल्दा तथा सञ्चालन गर्दा नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैर आवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपि समेत लिनुपर्नेछ । 

(घ) यस प्रकारको खाता दफा ३ को शर्त नं. ६ मा उल्लिखित परिवत्यं विदेशी मुद्रामा खोल्न सकिनेछ। 

(ङ) यस प्रकारको खातामा अमेरिकी डलर पाँच हजार वा सो बराबरको उपर्युक्त परिवर्त्य विदेशी मुद्रा न्यूनतम मौज्दात कायम हुनुपर्नेछ । 

(च) यस्तो खातामा रहेको निक्षेप फिर्ता गर्नु पर्दा निक्षेपकर्ताले जम्मा गरेको मुद्रा र निक्षेप प्राप्त भएको देश
फरक नपर्ने गरी निक्षेपकर्ताको नाममा विदेशमा खोलिएको खातामा फिर्ता पठाउनु पर्नेछ । तर, यस्ता खाता खर्च गरी नेपाली रुपैयामा भुक्तानी बा ट्रान्सफर गर्न यस व्यवस्थाले बाधा पर्ने छैन । 

छ) यस्तो निक्षेप खातामा बैंकिङ्ग प्रणालीबाट मात्र रकम जम्मा गर्नु पर्नेछ । उक्त रकम फिर्ता गर्नु परेको खण्डमा समेत बैंकिङ्ग प्रणालीमार्फत नै फिर्ता गर्नु पर्नेछ ।

यस्तो छ नेपाल राष्ट्र बैंककाे सूचनाः

61a83b24b3790.jpg 61a83b24c6710.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको