Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई पे र गोल्डस्टारबीच सम्झौता, गोल्डस्टार जुत्तामा विशेष छुट

अर्थ संसार

विहीबार, २२ बैशाख २०७९, १६ : २७ मा प्रकाशित

आइएमई पे र गोल्डस्टारबीच सम्झौता, गोल्डस्टार जुत्तामा विशेष छुट

आइएमई ग्रुपद्वारा प्रवद्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत सञ्चालित ‘आइएमई पे’ र गोल्डस्टारबीच सम्झौता भएको छ । हालै राजधानी काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त सम्झौता सम्पन्न गरिएको हो । 

सम्झौता अनुसार सबैभन्दा किफायती, टिकाउ र सुपर स्टाइलिश गोल्डस्टार जुत्ताहरूको खरिदमा अब आइएमई पे मार्फत भुत्तानी गर्दा ३०% देखि ३ सय रूपैयाँसम्मको छुटको व्यवस्था मिलाइएको छ । सम्झौतापत्रमा आइएमई पे को तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिँह बस्नेत र गोल्डस्टारको तर्फबाट ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गरेका छन् ।

भाेलि २३ वैशाख शुक्रबारदेखि सुरु हुने यो सिमित समयको अफर हो जसमा गोल्डस्टार जुत्ता गोल्डस्टारको वेवसाइटबाट खरिद गर्दा Web Checkout मा ३०% देखि रु ३०० सम्मको छुट रहेको छ भने गोल्डस्टार जुत्ताका भौतिक आधिकारिक शोरुमहरूमा Smart QR मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको